
धादिङ साउन १७ । धादिङ जिल्लामा पछिल्लो २४ घण्टाको अवधिमा ५९ जना कोरोना संक्रमितहरु थपिएका छन् भन २९ जना कोरोना संक्रमितहरु निको भई आईशोलेसनबाट डिस्चार्ज भएका छन् ।
जिल्ला स्वास्थ्य कार्यलयले जनाए अनुसार आज थप भएका संक्रमिहरुमा धुनीबेसीमा १६, गजुरीमा १, गल्छीमा १, बेनिघाट रोराङमा ८, ज्वालामुखीमा १, त्रिपुरासुन्दरीमा २, गंगाजमुनामा ३, थाक्रेमा ८, रुवी भ्यालीमा १४, धादिङ हस्पिटलमा ५ गरी ५९ जना रहेका छन् ।
धादिखङमा सक्रिय केस ४८३ पुगेको छ । जिल्लामा हस्पिटल आइसोलेसनमा १३, संस्थागत आइसोलेसनमा ४ र होम आइसोलेसनमा ४६६ रहेका छन् । नीलकण्ठमा आज ४७ स्वाब संकलन भएको छ । ३६४ एनटीजेन परिक्षण मध्ये ५९ पोजिटिभ आएको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ५६८ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ६३६ जनाको परीक्षण गर्दा २ हजार ५६८ जनामा संक्रमण पुष्टि भएको हो । यसमा ८ हजार ४०२ जनाको आरटी पीसीआर र ४ हजार २३४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। पीसीआरबाट १ हजार ९८१ र एन्टिजेनबाट ५८७ जनामा संक्रमण पुष्टि भएको हो ।
सोही अवधिमा नेपालमा १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा मृत्यु हुनेको संख्या ९ हजार ८७५ पुगेको मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म पीसीआरबाट ६ लाख ९७ हजार ३७० र एन्टिजेनबाट ६१ हजार ९३७ जनामा कोरोना पुष्टि भएको छ । यस्तै, ६ लाख ५६ हजार १९७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।