
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ती जारी गर्दै नेपालमा फरि ४७ वटा नमुनामध्ये तीन जनामा डेल्टा भेरियन्टमा उत्परिवर्तन भेटिएको जनाएको छ ।
देशका विभिन्न भागहरुवाट संकलन गरेका ४७ वटा नमुनामध्ये सबैमा डेल्टा भेरियन्ट भेटिएको र तीमध्ये तीनवटामा थप उत्परिवर्तन के४१७ एन म्युटेसन भेटिएको छ जसलाई के ४१७ नाम दिइएको मन्त्रालयले जनाएको छ ।
विभिन्न उमेर समूहका ४७ वटा नमुना संकलन गरेर परीक्षणका लागि विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालय तथा दक्षिण पूर्व एसिया क्षेत्रीय कार्यालयको सहयोग र समन्वयमा भारतको नयाँ दिल्लीस्थित प्रयोगशालामा जिन सिक्वेन्सिङका लागि पठाउँदा नेपालमा डेल्टा प्लस भेरियन्ट पनि फेला परेको मन्त्रालयले जनाएको छ ।
डेल्टा भेरियन्ट अहिले विश्वका ८० भन्दा बढी देशमा देखिएको छ । अल्फा भेरियन्ट १६४ देशमा देखिएको छ । यी सहित हालसम्म नेपालमा अल्फा (बी.१.१.७) र डेल्टा (बी.१.६१७.२) भेरियन्ट तथा ‘भेरियन्ट अफ इन्ट्रेस्ट’ का रूपमा कप्पा भेरियन्ट (बी.१.६१७.१) पुष्टि भएको छ । यी भेरियन्टहरू बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिहरूलाई असर पार्ने विभिन्न अध्ययनबाट पाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको विज्ञप्ती
