धादिङमा आज ७२ जना कोरोना संक्रमित थप, ५९ जना डिस्चार्ज

Avatar photo
Dhadingpost
आइतवार, साउन ३, २०७८

धादिङ साउन ३ । धादिङ जिल्लामा पछिल्लो २४ घण्टाको अवधिमा ७२ जना कोरोना संक्रमित थपिएका छन्, भने ५९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार आज थप भएका कोरोना संक्रमितहरुमा नीलकण्ठमा १४, धुनीबेसीमा १, गल्छीमा १४, गजुरीमा ४, बेनिघाट रोराङमा ४, ज्वालामुखीमा ५, त्रिपुरासुन्दरीमा ५, गंगाजमुना ४, थाक्रे ३, सिद्धलेकमा ३, धादिङ हस्पिटलमा १५ गरि ७२ जना छन् ।

जिल्लाको सक्रिय केस ५५९ पुगेको छ । जिल्लामा हस्पिटल आईशोलेसनमा १५, संस्थागत आईशोलेसनमा १७ र होम आईशोलेसनमा ५२७ रहेका छन् ।

नी लकण्ठमा ५७, गजुरीमा २१ र गल्छीमा ६ गरेर आज जिल्लामा ८४ स्वाब संकलन भएको छ । १५० एनटीजेन परिक्षण मध्ये ५७ पोजिटिभ आएको छ ।