
धादिङ साउन ३ । बागमती प्रदेश सरकारले कोरोना भाइरस विरुद्धको खोप खरिद गर्न २ अर्ब विनियोजन गरेको छ ।
यसै चालु वर्षमा प्रदेशका सबै नागरिकहरुलाई कोरोना विरुद्धको खोप लगाउन उक्त रकम विनियोजन गरेको प्रदेशको सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले बताईन ।
मन्त्रालयले कोरोनाको तेस्रो भेरियन्टमा बालबालिका अत्यधिक प्रभावित हुने भएकाले प्रदेश मातहतका अस्पताललाई २० प्रतिशत श्यया छुट्याउन निर्देशन समेत दिएको मन्त्री बस्नेतले बताइन् ।