
धादिङ साउन २ । धादिङ जिल्लामा पछिल्लो २४ घण्टाको अवधिमा ५८ जना कोरोना संक्रमित थप भएका छन् भने यहि अवधिमा १ जना कोरोना संक्रमणको कारण मृत्यु भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाए अनुसार आज थपिने संक्रमितहरुमा नीलकण्ठमा ३, धुनीबेसीमा ९, थाक्रेमा ३, बेनीघाट रोराङमा १५, गजुरीमा १, गंगाजमुनामा १४, ज्वालामुखीमा ५, खानियाबासमा २ र धादिङ हस्पिटलमा ६ गरी ५८ जना छन् ।
यहि अवधिमा धुनीबेसीमा ८२ वर्षिय महिलाको मृत्यु संगै जिल्लाको मृत्यु संख्या ७८ पुगेको छ ।
जिल्लाको सक्रिय केस ५४६ पुगेको छ । जिल्लामा हस्पिटल आईशोलेसनमा ८, संस्थागत आईशोलेसनमा १४ र होम आईशोलेसनमा५२४ रहेका छन् ।
सिद्धलेकमा १० र धादिङ हस्पिटलमा २७ गरेर ३७ स्वाब संकलन भएको छ । १११ एनटीजेन परिक्षण मध्ये ५८ पोजिटिभ आएको छ ।
आज धादिङ ४४ जना कोरोना संक्रमण मुक्त भएका छन् ।