
धादिङ असार ३१ । जिल्ला स्वास्थ्य कार्यालय धादिङले दिएको जानकारी अनुसार आज धादिङका ४८ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ३५ जना संक्रमित थपिएका छन् ।
आज थपिएका कोरोना संक्रमितमा गल्छीमा ५, गजुरीमा ८, बेनिघाटमा १, ज्वालामुखीमा २, गंगाजमुनामा १, थाक्रेमा १, खानियाबासमा १ र धादिङ हस्पिटलमा १६ गरेर ३५ जना छन् ।
धादिङको सक्रिय केस ५७३ पुगेको छ । जिल्ला भित्र हस्पिटल आईशोलेसनमा ६, संस्थागत आआईशोलेसनमा १८ र होम आईशोलेसनमा ५४९ रहेका छन् ।
आज जिल्लामा स्वाब संकलन भएको छैन । ६४ एनटीजेन परिक्षण मध्ये ३५ पोजिटिभ आएको छ ।
