धादिङका नागरिकले रगत नि:शुल्क पाउने

Avatar photo
Dhadingpost
मङ्लबार, असार २९, २०७८

धादिङ असार २९ । धादिङ जिल्लाका नागरिकलाई आवश्यक पर्दा रगत नि:शुल्क प्रदान गर्ने गरि नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाले स्थानीय तह सँग संम्झौतालाई जारि राखेको छ ।

अहिले सम्म धादिङका ८ वटा स्थानीय तहले आफ्ना नागरिकहरुलाई नि:शुल्क रगत प्रदानका लागि संम्झौता गरि सकेको र अन्य पालिकाले पनि यहि महिना भित्र संझौता गरि सक्ने र साउन १ गतेबाट धादिङका नागरिकहरुले आवश्यक पर्दा निशुल्क रगत पाउने रेडक्रस धादिङका सभापति नारायण तिमल्सिनाले धादिङपोष्टलाई बताउनु भयो ।

धादिङका कुन पालिकाले कति रकम दिएर रेडक्रस संग संम्झौता गरे

  • बेनीघाट रोराङ रु.१० लाख
  • गजुरी गापा रु.५ लाख
  • ज्वालामुखि गापा रु.५ लाख
  • खनियाबास गापा रु.५ लाख ४५ हजार
  • नीलकण्ठ नगरपालिका रु.३ लाख ०३ हजार
  • गंगाजमुना गापा रु.३ लाख
  • त्रिपुरासुन्दरी गापा रु.२ लाख ९७ हजार ५८०
  • रुबीभ्याली गापा रु.२ लाख

सभापति तिमल्सिनाका अनुसार स्थानीयले धादिङ, भरतपुर, चितवन, पोखरा, कास्की, रक्तसंचार केन्द्र ललितपुर, रक्त संचार केन्द्र भक्तपुर, केन्द्रीय रक्तसंचार विभाग र रक्त संचार केन्द्र धादिङबाट रगत आवश्यक परेका विरामीलाई नि:शुल्क रुपमा उपलब्ध गराईने छ ।