धादिङमा ५२ खोप केन्द्रबाट बुधबार देखि भेरोसेल खोप लगाइँदै

Avatar photo
Dhadingpost
मङ्लबार, असार २२, २०७८

धादिङ असार २२ । धादिङमा जेठ २५ गतेदेखि २९ गतेसम्म पहिलो चरणमा भेरोसेल खोप लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका नागारिकलाई ५२ वटा खोप केन्द्रमार्फत बुधबार देखि भेरोसेल खोप लगाईने भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय धादिङले दिएको जानकारी अनुसार जिल्लाका ४९ वटा हेल्थपोस्ट, २ वटा प्राथमिक स्वास्थ्य केन्द्र र धादिङ अस्पताल गरी ५२ वटा स्वास्थ्य सस्थाबाट खोप लगाईने ।

सरकारले जेठ २५ गतेदेखि २९ गतेसम्म भेरोसेलको पहिलो मात्रा लगाएका नागरिकलाई देशभर आज बाट लगाउने भनिएपनि धादिङमा भोलीबाट मात्रै दोस्रो मात्राको खोप लगाईने भएको हो ।