
धादिङ असार २० । पछिल्लो २४ घण्टाको अवधिमा धादिङमा १०८ जना कोरोना संक्रमित निको भई आईशोलेसनबाट डिस्चार्ज भएका छन् भने यहि अवधिमा ४० जना कोरोना संक्रमित थप भएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाए अनुसार आज थप भएका कोरोना संक्रमितहरु नीलकण्ठमा ३, धुनीबेसीमा २, गजुरीमा ३, गल्छीमा १, ज्वालामुखीमा २, त्रिपुरासुन्दरीमा ६, गंगाजमुनामा ७, नेत्रवाती डवजोङमा ४, सिद्धलेकमा ६, धादिङ हस्पिटलमा ६ गरी ४० जना छन् ।
जिल्ला भित्र ४७४ र जिल्ला बाहिर २८ गरेर धादिङको सक्रिय केस ५०२ पुगेको छ । जिल्ला भित्र हस्पिटल आईशोलेसनमा ८, संस्थागत आईशोलेसनमा १९ र होम आईशोलेसनमा ४४७ रहेका छन् । त्यसैगरी जिल्ला बाहिर हस्पिटल आईशोलेसनमा ६ र होम आईशोलेसनमा २२ रहेका छन् ।
गजुरीमा आज ३ स्वाब संकलन भएको छ। ६२ एनटीजेन परिक्षण मध्ये ३४ पोजिटिभ आएको छ ।