धादिङमा आज संक्रमित ५९ जना थप, ५८ जना डिस्चार्ज

Avatar photo
Dhadingpost
बिहिबार, असार १७, २०७८

धादिङ असार १७ । धादिङ जिल्लामा पछिल्लो २४ घण्टाको अवधिमा ५९ जना कोरोना संक्रमित थप भएका छन् भने ५८ जना कोरोना संक्रमणबाट मुक्त हुँदै डिस्चार्ज भए ।

जिल्ला स्वास्थ्य कार्यालय धादिङले दिएको जानकारी अनुसार आज संक्रमित हुनेमा गंगाजमुनामा ३२, धुनीबेसीमा १, गजुरीमा ४, ज्वालामुखीमा १, त्रिपुरासुन्दरीमा २, थाक्रेमा १, खानियाबासमा ५, रुबीभ्यालीमा ६, धादिङ अस्पतालमा ७ गरेर ५९ छन् ।

धादिङ जिल्ला भित्र ५२० र जिल्ला बाहिर ४४ गरेर धादिङमा सक्रिय केस ५६४ पुगेको छ । जिल्ला भित्र हस्पिटल आईशोलेसनमा १७, संस्थागत आईशोलेसनमा २२ र होम आईशोलेसनमा ४८१ रहेका छन् । त्यसैगरी जिल्ला बाहिर हस्पिटल आईशोलेसनमा ७ र होम आईशोलेसनमा ३७ रहेका छन् ।

६० एनटीजेन परिक्षण मध्ये ३२ पोजिटिभ आएको छ ।