गाउँपालिकाले सुरक्षित प्रशुतीका लागि सुमिना तामाङलाई हेलिकप्टरबाट काठमाडौं पठायो

Avatar photo
Dhadingpost
सोमवार, असार १४, २०७८

धादिङ असार १४ । धादिङको गंगाजमुना गाउँपालिका वडा नम्बर १ रि टोल निवासी गर्भवती सुमिना तामाङलाई सुरक्षित प्रशुतीका लागि हवाई उद्दार गरिएको छ ।

रि स्वास्थ्य चौकिमा सुररिक्ष प्रशुती गराउन कठिनाई हुने स्थित देखिएपछि गंगाजमुना गाउँपालिकाले गाउँपालिकाको खर्चमा हेलिकप्टर मार्फत सुमिनालाई आज दिउँसो २ बजे काठमाडौं स्थित थापाथली प्रशुती गृह पठाएको हो ।

गाउँपालिकाले गाउँपालिका भित्र सुरक्षित प्रशुती गराउन कठिनाई भए निशुल्क हेलिकप्टर उपलब्ध गराउँदै आएको छ । गाउँपालिको यस सुविधा यस अघि ३ जना गर्भवती महिलाले लिई सकेका छन् ।