
धादिङ असार ९ । धादिङको गंगाजमुना गाउँपालिकाले गर्भवती मीना घलेलाई सुरक्षीत प्रशुती गराउन हेलिकप्टर मार्फत काठमाडौं स्थित थापाथली प्रशुती गृह पठाएको छ ।
गाउँपालिकामा सुरक्षीत प्रशुती कठिनाई हुने स्थित देखियो भने गर्भवती महिलालाई हेलिकप्टर मार्फत काठमाडौ पठाउने गाउँपालिकाको नीति अनुरुप आज दिउँसो ३:३० बजे गाउँपालिकाको खर्चमा वडा नम्बर ६ निवासी मिनालाई काठमाडौं पठाईएको स्वस्थ्य संयोजक दिपक अधिकारीले धादिङपोष्टलाई बताउनु भयो ।
यस अघि पनि २ जना गर्भवती महिलालाई सुरक्षीत प्रशुतीका लागि गाउँपालिकाले हेलिकप्टर चार्टर गरि काठमाडौं पठाएको थियो ।