
धादिङ असार २ । जिल्ला स्वास्थ्य कार्यालय धादिङले दिएको जानकारी अनुसार धादिङमा पछिल्लो २४ घण्टाको अवधिमा १२९ जना कोरोना संक्रमण मुक्त भई आईशोलेसनबाट डिस्चार्ज भएका छन् भने आजै १०० जनामा कोरोना संक्रमण पोजेटिभ पुष्टि भएको छ ।
आज संक्रमण पोजेटिभ पुष्टि हुनेमा निलकण्ठमा ७२, त्रिपुरासुन्दरीमा २, थाक्रेमा ३, ज्वालामुखीमा २, नेत्रवाती डवजोङमा १, रुबिभ्यालीमा ५ र धादिङ हस्पिटलमा ८ र जिल्ला बाहिरको ७ गरि १०० जना छन् ।
जिल्ला भित्र ८३२ र जिल्ला बाहिर १३० गरेर धादिङको सक्रिय केस ९६२ पुगेको छ । जिल्ला भित्र हस्पिटल आईशोलेसनमा १८, संस्थागत आईशोलेसनमा २७ र होम आईशोलेसनमा ७८७ रहेका छन् । त्यसैगरी जिल्ला बाहिर हस्पिटल आईशोलेसनमा २७ र होम आईशोलेसनमा १०३ रहेका छन् ।
आज निलकण्ठमा ६२ स्वाब संकलन भएको छ । ७२ एनटीजेन परिक्षण मध्ये १९ पोजिटिभ आएको छ ।