सुकौराको बासु एण्ड विशाल इन्टरप्राइजेजलाई २० हजार जरिवाना

Avatar photo
Dhadingpost
शनिबार, जेष्ठ २९, २०७८

धादिङ जेष्ठ २९ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका ७ सुकौरामा रहेको बासु एण्ड विशाल इन्टरप्राइजेजलाई बजार अनुगमन टोलीले नगद २० हजार जरिवाना गराएको छ ।

जिल्ला प्रशासन कार्यालय धादिङ र घरेलु कार्यालय धादिङबाट खटिएको अनुगमन टोलीले मापदण्ड विपरित पसल संचालन गरेले उक्त इन्टरप्राइजेजलाई २० हजार जरिवाना गरिएको जनाएको छ ।

अनुगमन टोलीले आज त्रिपुरासुन्दरी गाउँपालिकाको खहरे, सुकौरा, गणेशस्थान, काप्राको बोट र नीलकण्ठ नगरपालिकाको टारिबेशीमा रहेका २० वटा पसल तथा फर्महरुमा अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा गाउँपालिकाले प्रतिबन्धित गरेको कस्तुरी नामक मदिरा बिक्री गरेको, अनुमति नलिई हार्डवेयर लगायतका सामान बिक्री गरेको, गोदाममा समेत म्याद गुज्रिएका वस्तुहरु फेला परेको टोलीले जनाएको छ ।