
धादिङ जेष्ठ २८ । योङ्ग कम्युनिष्ट लिग नेपाल (वाईसीएल) धादिङले जेष्ठ ३१ गते धादिङबेसी स्थित जिल्ला अस्पताल प्राङ्गणमा रक्तदान कार्याक्रमको आयोजना गर्ने भएको छ ।
कोरोना संक्रमणका कारण भएको लकडाउनका कारण रक्तदान कार्यक्रम समेत रोकिन पुगेकोले रक्त संकलन केन्द्रहरुमा रगतको अभाव हुन थाले सँगै विश्व रक्तदाता दिवसको अवसरमा जेष्ठ ३१ रक्तदान कार्याक्रमको आयोजना गरिएको जिल्ला अध्यक्ष राजाराम रिजालले बताए ।