
धादिङ जेष्ठ २५ । सरकारले प्राध्यापक, शिक्षक र विद्यालय कर्मचारीहरुलाई कोरोना विरुद्धको खोप लगाउन मातहतको स्वास्थ्य संस्थाहरुलाई निर्देशन गरेको छ ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सूचना जारी गर्दै प्राध्यापक, शिक्षक र विद्यालय कर्मचारीहरुलाई खोप लगाउने व्यवस्था गरि दिन मातहतको स्वास्थ्य संस्थाहरुलाई निर्देशन गरेको हो ।
