
गणेश सापकोटा
धादिङ जेष्ठ २० । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका ७ स्थित खहरेमा अक्सिजन सिलिण्डर रहितको १३ वेडको आईशोलेसन संचालनमा आएको छ ।
उक्त आईशोलेस संचालनका लागि इजरायलमा बस्दै आएका विष्णु सिंखडाले HA स्वास्थ्यकर्मी र स्वास्थ्य सामाग्री सहयोग गर्नु भएको वडा अध्यक्ष देवराज धरेलले जानकारी दिनु भयो ।
त्रिपुरेश्वर स्वास्थ्य चौकी खहरेमा बनाईएको उक्त आईशोलेसनलाई कल्पना धमला, आँखु खोला हाइड्रोपावर, स्थानीय समासेवी ध्रुव अधिकारी, धुव्रविक्रम मल्ल, पर्यटन व्यवसायी सितल धरेल लगायतको सहयोग रहेको समेत वडा अध्यक्ष धरेलले बताउनु भयो ।