धादिङका किसानलाई कोरोना भन्दा, मलको चिन्ता

Avatar photo
Dhadingpost
बिहिबार, जेष्ठ २०, २०७८

धादिङ जेष्ठ २० । धादिङका किसानलाई यतिबेला कोरोना संक्रमित भईएला भन्ने चिन्ता भन्दा रासायनिक मल नपाईएला कि भन्ने चिन्ता छ ।

धादिङबेसी स्थित नीलकण्ठ कृषि सहकारीले बुधबार गरेको रासायानिक मल वितरणमा देखिएको किसानहरुको भिडभाडले कोरोनाको भन्दा मल नपाईएला कि भन्न चिन्ता प्रष्ट झल्कन्थ्यो ।

मानो लगाएर मुरी उब्जाउने किसानको यो सिजनमा सरकारले किसानहरुलाई मल दिन नसक्दा देखिने भिड यो पहिलो भने हैन, गत वर्षहरुमा पनि किसानहरुलाई रासायनिक मल लिन यो भन्दा बढी सास्ती व्यहोर्नु परेको थियो ।

बुधबार करिब २ सय देखि ३ सय जना कृषकहरु मल लिन नीलकण्ठ सहकारी प्राङ्गणमा आएका थिए । सहकारीले ल्याएको १ सय बोरा रासायनिक मल १ बोरा बराबर ५ जना कृषकलाई वितरण गरिएको जनाएको छ ।

सहकारीले किसानहरुले माग गरे अनुसार मल वितरण गर्न नसकिएकोले किसानहरुको भिड देखिएको सहकारीका हरि प्रसाद रिजाल बताउँछन् ।

तस्वीरः कृृष्ण शिशिर