
धादिङ जेष्ठ १० । धादिङ जिल्लामा पछिल्लो २४ घण्टाको अवधिमा ८३ जना संक्रमित थपिए भने ४१ जना कोरोना मुक्त हुँदै डिस्चार्ज भएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय धादिङले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टाको अवधिमा नीलकण्ठमा १ जना, धुनीबेसीमा २५ जना, सिद्धलेकमा १६ जना, गंगाजमुनामा र गल्छीमा ३-३ जना, ज्वालामुखी, त्रिपुरासुन्दरी र थाँक्रेमा २-२ जना, धादिङ अस्पतालमा ५ जना, र जिल्ला बाहिर २४ जना संक्रमित थप भएका हुन् ।
आज डिस्चार्ज हुनेको संख्या ४१ रहेको छ ।
जिल्ला भित्रको सक्रिय केश ९७५ र जिल्ला बाहिरको १९१ गरि धादिङ्गको सक्रिय केश ११२६ पुगेको छ । जिल्ला भित्र हस्पिटल आइसोलेसनमा २८, संस्थागत आइसोलेनमा २६ र होम आइसोलेसनमा ९२१ रहेका छन् । त्यसैगरि जिल्ला बाहिर हस्पिटल आइसोलेसनमा १६ र होम आइसोलेसनमा १३५ रहेका छन् ।
जिल्ला भित्र आज २०८ स्वाब संकलन भएको छ।