
धादिङ जेष्ठ १० । धादिङबेसी सदरमुकाममा रहेको जिल्ला अस्पताल धादिङमा आजबाट कोभिड-१९ को एन्टीजिन टेस्ट परीक्षण सुरु गरेका छ ।
जिल्ला अस्पताल धादिङका सूचना अधिकारी बिक्रम विश्वकर्माका अनुसार राष्ट्रिउ जनस्वास्थ्य प्रयोगशाला, टेकु काठमाण्डौबाट मान्यता प्राप्त गरे जिल्ला अस्पताल धादिङले आजबाट कोभिड(१९ को एन्टीजिन टेस्ट परीक्षण सुरु गरेको हो ।
आज पहिलो दिन २१ जना कोभिड-१९ का शंकास्पद लक्षण भएका व्यक्तिहरुमा गरिएको यस परीक्षणमा ५ जनाको पोजिटिभ र १६ जनाको नेगेटिभ आएको सूचना अधिकारी बिकले बताउनु भयो ।