
धादिङ जेष्ठ ९ । धादिङमा पछिल्लो २४ घण्टाको अवधिमा १२९ जना कोरोना संक्रमित थपिए भने ३५ जना कोरोना मुक्त भएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय धादिङले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा गल्छीमा ६, गजुरीमा १०, बेनिघाट रोराङमा ६१, ज्वालामुखीमा ४४ र थाक्रेमा १ गरि जिल्ला भित्र १२२ पो र जिल्ला बाहिर ७ गरी १२९ जनामा कोरोना संक्रमण पुष्टि र्भको हो । आजै डिस्चार्ज हुनेको संख्या ३५ रहेको छ ।
जिल्ला भित्र ९५७ र जिल्ला बाहिर १२७ गरेर जिल्लाको सक्रिय केश १०८४ पुगेको छ । जिल्ला भित्र हस्पिटल आइसोलेसन मा १७, संस्थागत आइसोलेसनमा धुनिबेसिमा १, गल्छीमा ७, बेनिघाट मा १, त्रिपुरासुन्दरीमा ३, रुबिभ्यालिमा ४, गजुरीमा छ रहेका छन् भने होम आइसोलेसनमा रहनेको संख्या ९१८ रहेको छ । त्यसै गरि जिल्ला बाहिर हस्पिटल आइसोलेसनमा ११ र होम आइसोलेसनमा ११६ रहेका छन् ।
आज नेत्रवातिमा १३५ र रुबिभ्यालिमा १०६ गरेर २४१ स्वाब संकलन भएको छ ।