अध्यक्ष धमलाको सह्रानिय काम: अस्पतालमा संकलित स्वाब आफ्नो निजी गाडी लान्छन्

Avatar photo
Dhadingpost
आइतवार, जेष्ठ ९, २०७८

धादिङ जेष्ठ ९ । जिल्ला अस्पताल धादिङले नियमित रुपमा हरेक सोमबार र शुक्रबार पीसीआर परिक्षणका लागि स्वाब संकलन गर्दै आई रहेको छ । उक्त स्वाब हरेक पटक अस्पतालका अध्यक्ष महेन्द्र धमलाले नि:शुल्क रुपमा आफ्नो गाडीमा राखेर धुलीखेल लैजाने गरेका छन् ।

अस्पतालको एम्बुलेन्स कोभिड-१९ का बिरामीको ओसारपसारमा दैनिक व्यस्त छ हुँने र अस्पतालको अर्को गाडी अक्सिजन सिलिन्डर र कोभिड(१९ सामाग्री ल्याउन दैनिक व्यस्त रहने हुँदा स्वाब परिक्षणका लागि अध्यक्ष धमलाले आफ्नो निजी गाडी नि:शुल्क रुपमा प्रयोग गर्ने गरेका हुन् ।

धादिङ अस्पतालले अस्थायी कोभिड-१९ अस्पताल, धादिङमा उपचाररत कोभिड-१९ संक्रमित तथा सन्कास्पद विरामीहरु, अस्पतालको फिभर क्लिनिकमा उपचार गराउन आएका कोभिड-१९ का संकास्पद विरामाहरु, कैदी बन्दीहरू, जिल्ला स्थित सरकारी तथा पाईभेट कार्यालय र सुरक्षा निकायमा कार्यरत कोभिड-१९ का शङ्कास्पद लक्षण भएका कर्मचारीहरु, अस्पताल तथा अन्यस्वास्थ्य सस्थाका स्वास्थ्यकर्मी कर्मचारीहरु लगायत आम सेवाग्राही वर्गको पछिल्लो समयमा मिति २०७८/०१/२० गते सोमबार देखि स्वाब संकलन गरेर RT- PCR परीक्षणको लागि प्रदेश प्रयोगशाला, धुलिखेल, काभ्रे पठाउदै आएको छ ।

बैशाख २० गते बाट अस्पताल ले शुरु भएको स्वाब संकलन कार्य प्रत्येक सोमबार र शुक्रवार बिहान ७:३० बजे देखि १०:३० बजे सम्म स्वाब संकलन गरी PCR परीक्षणको लागि अस्पतालले नियमित रुपमा हप्तामा २ पटक पठाईरहेको छ । यस्तो अवस्थामा अस्पतालद्वारा संकलित स्वाब प्रदेश प्रयोगशाला धुलिखेल, काभ्रे लैजाने कार्य धादिङ अस्पताल संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र धमलाले आफ्नो निजी गाडी र ईन्धनको प्रयोग गरेर गरिरहनु भएको छ ।

महेन्द्र धमलाले बैशाख २०,२४,२७,३१ अते जेठ ३ र ७ गते गरी हालसम्म ६ पटक सम्म आफ्नो निजी गाडी टोयोटा ल्याण्ड क्रुजर बा १ च ७८५५ को प्रयोग गरेर स्वाब धुलिखेल पुर्याईरहेका छन् । कोभिड-१९ को संक्रमण बढ्न थालेपछी अध्यक्ष धमला दैनिक धादिङ अस्पताल र अस्थायी कोभिड-१९ अस्पतालको समग्र व्यवस्थापन र अस्पताललाई सहयोग जुटाउने कार्यमा निरन्तर कृयाशील छन् ।

अस्पताललाई विभिन्न सरकारी निकाय, सामाजिक संघ सस्था र समाजसेवी व्यक्तिहरुबाट प्राप्त सहयोग सामाग्री तथा अस्पताललाई आवश्यक स्वास्थ्य सामाग्रीहरु समेत अध्यक्ष धमलाले आफ्नो निजी गाडी प्रयोग गरेर बोकेर अस्पताललाई ठुलो सहयोग भएको कुरा अस्पतालका सूचना अधिकारी विक्रम बिश्वकर्माले धादिङपोष्टलाई बताए ।