धादिङमा आज ३५ जना संक्रमित, ९३ जना डिस्चार्ज, २ जनाको मृत्यू,

Avatar photo
Dhadingpost
शुक्रबार, जेष्ठ ७, २०७८

धादिङ जेष्ठ ७ । धादिङमा पछिल्लो २४ घण्टाको अवधिमा ३५ जनालाई कोरोना संक्रमण भएको छ भने ९३ जना कोरोना मुक्त भएका छन् ।

आएको पीसीआर सिपोर्टमा नीलकण्ठमा १, धुनिबेसिमा १, गल्छीमा ११, गजुरीमा ६, बेनिघाटमा १, नेत्रावाती डवजोङमा ८, खानियाबासमा १ र जिल्ला ६ गरि ३५ जनामा संक्रमण पुष्टि भएको हो । आजै ९३ जना डिस्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

पछिल्लो २४ घण्टाको अवधिका गंगाजमुनामा १ जना पुरुष र त्रिपुरासुन्दरीमा एक महिलाको मृत्यु भए संगै जिल्लाको मृत्यु संख्या ३८ पुगेको छ ।

जिल्ला भित्र ७२६ सक्रिय केश र जिल्ला बाहिर १३३ सक्रिय केश गरेर धादिङ्गको सक्रिय केश ८५९ पुगेको छ । जिल्ला भित्र हस्पिटल आइसोलेसनमा १५, संस्थागत आसोलेसनमा धुनिबेसिमा १, गल्छीमा ७, गजुरीमा ९, बेनिघाटमा ८, त्रिपुरासुन्दरीमा ३, रुबिभ्यालिमा २ जना र होम आइसोलेसन मा ६८१ रहेका छन् । जिल्ला बाहिर हस्पिटल आइसोलेसनमा १४ र होम आइसोलेसनमा ११९ रहेका छन् ।

धादिङ्ग अस्पतालमा ५३, थाक्रेमा ४३, सिद्धलेक मा ३४, गजुरीमा ४२ र धुनिबेसिमा ३ गरेर जिल्ला भित्र १७५ स्वाब संकलन भएको छ।