
धादिङ जेष्ठ ६ । धादिङको ज्वालामुखी गाउँपालिका वडा नं. ०४ साँधभन्ज्याङ निवासी ५४ वर्षिय काेराेना संक्रमित एक पुरुषकाे मृत्यु भएकाे छ ।
ज्वालामुखी गाउँपालिकाका स्वास्थ्य संयाेजक सुजन श्रेष्ठका अनुसार मृगौला राेगी ती पुरुष केही महिना देखि काठमाडौंमा रहि डाईलाेसिस गराउँदै आउनु भएकाे थियाे । काठमाडौंमा रहँदा नै उहालाई काेराेना संक्रमण देखिएकाे र साईबाबा हस्पिटलमा बिहिबार निधन भएकाे हाे ।
यो सँगै एक वर्षको अवधिमा ज्वालामुखी गाउँपालिकामा कोरोनाका कारण ४ जनाको मृत्यु भैसकेको छ । यो सङ्गै धादिङ जिल्लामा मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।