धादिङ जेष्ठ ५ । जिल्ला स्वास्थ्य कार्यालय धादिङले दिएको को जनाकारी अनुसार धादिङमा पछिल्लो २४ घण्टाको अवधीमा १५८ जना संक्रमित थपिएका छन् ।
थपिएका संक्रमितहरुमा निलकण्ठमा ४, गल्छीमा ४१, गजुरीमा ४, बेनिघाट मा ५२, गंगाजमुनामा १०, थाक्रेमा ३२ र रुबिभ्यालिमा १५ गरेर १५८ छन् ।
नयाँ प्रोटोकल अनुसार १४ दिन आइसोलेसनमा बसेको डिस्चार्ज हुदा डिस्चार्ज हुनेको संख्या ४६६ रहेको छ । जिल्ला भित्रको सक्रिय केश ७१५ र जिल्ला बाहिरको सक्रिय केश १४७ गरेर जम्मा सक्रिय केश ८६२ पुगेको छ ।
जिल्ला भित्र अस्पताल आइसोलेसनमा १९, संस्थागत आइसोलेसनमा बेनिघाटमा १०, गंगाजमुनामा १२, रुबिभ्यालिमा २, गजुरीमा ४, धुनिबेसिमा १, त्रिपुरासुन्दरीमा ४, गल्छीमा ७ र जिल्ला भित्र होम आइसोलेसनमा ६५६ रहेका छन्। जिल्ला बाहिर हस्पिटल आइसोलेसनमा २६ र होम आइसोलेसन मा १२१ जना रहेका छन् ।
निलकण्ठ मा ११६, रुबिभ्यालिमा ९, गंगाजमुनामा २८, गजुरीमा ११, बेनिघाटमा १०९ र धुनिबेसिमा ५३ गरेर ३२६ स्वाब संकलन भएको छ।