
धादिङ जेष्ठ २ । धादिङ जिल्लामा आईतबार ९६ जना कोरोना संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
जसमा धुनीबेसी नगरपालिकामा ७, गल्छी गाउँपालिकामा २६, बेनिघाट रोराङ्ग गाउँपालिकमा ३, त्रिपुरासुन्दरी गाउँपालिकमा १, खानियाबास गाउँपालिकमा १८, सिद्धलेक गाउँपालिकमा १ र जिल्ला बाहिरको ४० जना गरि ९६ जना छन् ।
हाल जिल्ला भित्रको सक्रिय केस७४२ र जिल्ला बाहिरको सक्रिय केश २६७ गरेर धादिङ्गको जम्मा सक्रिय केस १००९ पुगेको छ ।
जिल्ला अस्पतालको आइसोलेसनमा २५, संस्थागत आइसोलेसनामा गजुरीमा १, धुनिबेसीमा १, बेनिघाट रोराङ्गमा ७, रुबिभ्यालीमा २ र त्रिपुरासुन्दरीमा ३ जना रहेका छन भने जिल्ला भित्र होम आइसोलेसनामा ६९४ रहेका छन। जिल्ला बाहिर हस्पिटल आइसोलेसनमा १८ र होम आइसोलेसनमा २४९ रहेका छन ।
निलकण्ठ नगरपालिकामा १२५ र धुनिबेसी नगरपालिकामा १३ गरेर आज जिल्ला भित्र १३८ स्वाब संकलन भएको छ।