धादिङमा शनिबार १२ संक्रमित थपिए, १९ जना कोरोना मुक्त २ को मृत्यु

Avatar photo
Dhadingpost
शनिबार, जेष्ठ १, २०७८

धादिङ जेष्ठ १ । धादिङ जिल्लामा शनिबार १२ जना कोरोना संक्रमित थपिए, १९ जना कोरोना मुक्त भए भने २ जनाको मृत्यु भएको छ ।

आज थपिएका संक्रमितहरुमा बेनीघाट रोराङ्ग गाउँपालिकामा १२ पोजिटिभ केश छन्, भने १९ जना आजै धादिङमा कोरोना मुक्त बने । यस्तै पछिल्लो २४ घण्टाको अवधीमा दुई कोरोना संक्रमितहरु नीलकण्ठ २ का ८४ वर्षिय पुरुष र नीलकण्ठ ३ का ५४ वर्षिय महिलाको मृत्यु भएको छ । यो संगै जिल्लाको मृत्यु संख्या २५ पुगेको छ ।

बेनिघाट रोराङ्गमा ११६ र गल्छीमा ४४ गरेर आज १६० स्वाब संकलन भएको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।