
धादिङ बैशाख ३१ । जिल्ला अस्पताल धादिङका सूचना अधिकारी बिक्रम बिकको स्वास्थ्यमा सुधार आएको छ ।
कोभिड १९ को संक्रमण सँगै अस्थायी कोभिड अस्पतालमा उपचारत अस्पतलाका सूचना अधिकारी बिकलाई अक्सिजनको मात्रा घट्यो र निमोनिया भयो ।
जिल्ला अस्पताल धादिङबाट त्रिशुली अस्पतलामा रिफर भएका विकको स्वास्थ्य थप जटिल बने सँगै त्रिशुलीबाट ट्रमा सेन्टर रिफर, ट्रमाबाट टिचिङ् र टिचिङ् बाट नर्भिक अस्पताल पुर्याइयो ।
नर्भिक अस्पतालको आईसीयूमा उपचारत बिकले धादिङपोष्ट सँग कुरा गर्दै अहिले स्वास्थ्यमा धेरै सुधार आएको र आफ्नो स्वास्थ्यमा चासो राख्ने सबैमा धन्यावाद दिएका छन् ।