धादिङमा बिहिबार १२४ संक्रमित थपिए, २० जना कोरोना मुक्त

Avatar photo
Dhadingpost
बिहिबार, बैशाख ३०, २०७८

धादिङ बैशाख ३० । जिल्ला स्वास्थ्य कार्यालय धादिङले बिहिबार १२४ जना संक्रमित थपिएको जनाएको छ ।

आज थप भएका संक्रमितहरुमा नीलकण्ठ नगरपालिकामा ८८ र गल्छी गाउँपालिकामा १७ र जिल्ला बाहिर १९ जना गरी १२४ जना छन् । आज डिस्चार्ज हुनेको संख्या २० रहेको छ ।

जिल्ला भित्रको सक्रिय केश ६८८ र जिल्ला बाहिरको सक्रिय केश २३४ गरेर जिल्लाको जम्मा सक्रिय केश ९२२ पुगेको छ ।

बेनिघाट रोराङ्गमा ४८, गजुरीमा ३ र त्रिपुरासुन्दरीमा २५ गरेर आज जिल्ला भित्र ७६ स्वाब संकलन भएको छ।