गंगाजमुनाले हेलिकप्टर मार्फत गर्भवती महिलालाई काठमाडौं पठायो

Avatar photo
Dhadingpost
बुधबार, बैशाख २९, २०७८

धादिङ बैशाख २९ । गंगाजमुना गाउँपालिकाले स्थानीय री स्वास्थ्य चौकीमा सुरक्षित सुत्केरी चुनौती भए सँगै हेलिकप्टरबाट काठमाडौं पठाएको छ ।

गाउँपालिकाका स्वास्थ्य संयोजक दिपक अधिकारीले जानकारी दिनु भए अनुसार गङाजमुना गाउपालिका वाड न २ लताप निवासी २२ वर्षिय गर्भवती महिला सुन्तली तामाङलाई बुधबार गाउँपालिका कै खर्चमा हेलिकप्टर मार्फत बेलुका ५ बजे काठमाडौं पठाएको हो ।

हामीले डिस्चार्ज गर्दा सम्म बच्चा र आमाको स्वास्थ्य राम्रो छ, केहि प्राविधिक समस्या आयो भने थप उपकरणको आवश्यकता पर्न सक्ने हुँदा काठमाडौ रिफर गरिएको समेत स्वास्थ्य संयोजक अधिकारीले बताउनु भयो ।

गाउँपालिकाले गर्भवती महिलालाई स्थानिय अस्पतालबाट अन्यत्र रिफर गर्नु पर्ने स्थिति आयो भने हेलिकप्टर खर्च गाउँपालिकाले नै व्यहोर्ने निर्णय गरि सकेको छ ।