
धादिङ बैशाख २७ । जिल्ला स्वास्थ्य कार्यालय धादिङले दिएको जानकारी अनुसार आज धादिङमा जिल्ला भित्र ६१ र जिल्ला बाहिर ६ जना गरि ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जसमा धुनिबेसी नगरपालिकामा २, गल्छी गाउपालिकामा ४८, ज्वालामुखी गाउपालिकामा १, नेत्रावातिमा गाउपालिकामा ७ र थाक्रे गाउपालिकामा ३ गरेर जिल्ला भित्र ६१ जना र जिल्ला बाहिर ६ जना सहित ६८ जना छन् । आजै कोरोना संक्रमण मुक्त हुनेमा धादिङमा १६ जना छन् ।
जिल्ला भित्रको सक्रिय संख्या ५२५ र जिल्ला बाहिरको सक्रिय संख्या २१५ गरेर धादिङ्गको जम्मा सक्रिय केश ७४० पुगेको छ।
आज धादिङ्ग अस्पतालमा ३४, थाक्रे गाउपालिकामा १८, गजुरी गाउपालिकामा १ र बेनिघाट रोराङ्गमा ६१ गरेर जिल्ला भित्र ११४ स्वाब संकलन भएको छ।