
धादिङ बैशाख २७ । धादिङबेसी सदरमुकामका रहेको जिल्ला अस्पताल धादिङले करार सेवाकामा ३ पदका लागि १२ जना स्वास्थ्यकर्मी कर्मचारीको लागि आवेदन खुल्ला गरेको छ ।
अस्पतालले आईतबार सूचना प्रकाशित गर्दै हेल्थ असिष्टेन्ट ४ जना, अ.हे.व. ४ जना र कार्यालय सहयोगी ४ जना करारमा राख्न आवेदन खुल्ला गरेको हो ।
जिल्ला अस्पताल धादिङमा ४६ जना स्वास्थ्यकर्मी कर्मचारीहरु कोरोना संक्रमित भई आईशोलेशनमा रहे सँगै, अस्पतालले आकस्मीक सेवा र प्रसुती सेवा भन्दा बाहेकका सेवाहरु बन्द गरेको छ ।
