
काठमाडौं बैशाख २६ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापालाई दोस्रो पटक कोरोना संक्रमण पुष्टि भएको छ ।
शुक्रबार बालुवाटारमा प्रधानमन्त्रीसहित करिब १०० जनामा गरिएको पिसिआर परीक्षणका क्रममा थापाको रिपोर्ट पोटेजिभ आएको हो।
संक्रमित भए सँगै उनले फेसबुक स्टाटसमा लेखेका छन्, ‘दाेस्राेपटक पाेजिटिभ ! टेलिफाेनमा चासाे, जिज्ञासा र शुभकामना दिनेभन्दा यहाँ नै उपस्थिति प्रार्थनीय छ है ! शुभेच्छाका लागि सबैप्रति धन्यवाद ।’