धादिङको गल्छी गाउँपालिकामा १५ जनालाई कोरोना संक्रमण

Avatar photo
Dhadingpost
बिहिबार, बैशाख २३, २०७८

धादिङ बैशाख २३ । धादिङको गल्छी गाउँपालिकामा बिहिबार १५ जनालाई कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

यो सँगै बिहिबार सम्ममा जिल्लामा सक्रिय केश ३५८ र जिल्ला बाहिर १५३ गरेर धादिङ्ग जिल्लाको जम्मा सक्रिय केश ५११ पुगेको समेत स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

जिल्ला भित्र होम आइसोलेसनमा ३२५ र हस्पिटल आइसोलेसनमा ३३ रहेका छन भने जिल्ला बाहिर होम आइसोलेसनमा १४६ र हस्पिटल आइसोलेसनमा ७ रहेका छन् ।

आज गल्छी गाउपालिकामा ९, गजुरी गाउपालिकामा ८ र रुबिभ्याली गाउपालिकामा ५ गरेर जम्मा २२ स्वाब संकलन भएको छ ।