
काठमाडौं बैशाख २३ । नेपालमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ५४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घन्टामा देशभरमा थप ९,०७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको समेत मन्त्रालयले जनाएको छ ।
२१ हजार १४२ पीसीआर र एन्टीजेन नमुना परीक्षण गर्दा ती संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । २७०७ जना निको भएका छन् ।
कूल संक्रमित संख्या ३ लाख ६८ ५८० पुगेको छ । ३,५२९ जनाको मृत्यु भएको छ । कूल संक्रमित संख्या प्रतिशत १९.६९ पुगेको छ ।