
अहिले मुलुकलाई कोरोना महामारिले गाँजेको छ । धादिङका ३६ भन्दा बढी स्वास्थ्यकर्मी नै हाल संक्रमणका कारण आईशोलेसनमा छन् । यहि ३६ जना मध्यको स्वास्थ्यकर्मी म आफै हुँ ।
२०७७ असोज २ गतेबाट म लागायत मेरो परिवारलाई झम्टन थालेको कोभिड १९ संक्रमण झन्डै डेड महिना पश्चात् परास्त गर्न सफल भएका हामी कुनै पनि दिन अब त ढुक्क भैयो भन्न नपाउदै उस्तै प्रकारको वा झनै जटिल पुनः दोश्रो चरणको संक्रमणको चपेटामा पर्न बाध्य भएका छौ ।
यस बारे नजानेर, स्वास्थ्य मापदण्ड पालना नगरेर वा एक पटक भै सकेकोले शरिरले प्रतिरक्षा शक्ति उत्पादन गरिसक्यो र खोप पनि लगाइयो भनि कोभिड १९ बाट सुरक्षित छौ भनेर गरिएको कमजोरीका कारण दोहोरिएको कोभिड १९ संक्रमण भने अवश्य होइन ।
यदि हो भने, विश्व स्वास्थ्य संगठनले अति जोखिम र सम्वेदनशिल क्षेत्र भनी पहिचान गरेको, प्रत्यक्ष रुपमा बिरामी सँग सम्पर्कमा रहनुपर्ने स्वास्थ्य क्षेत्रमा काम गर्नुको परिणाम हो र यसमा पनि मुख्य गरि घाँटी, मुख, नाक, आखा, दाँत जस्ता श्वासप्रश्वास मार्ग सँग नजिक रहेका शरिरका यस्तै अंगहरुमा लाग्ने रोगहरु र त्यसको उपचारका क्रममा सोको जाँच गर्नै पर्ने अवस्था र यस्ता जाँचहरुलार्इ बायस गर्न मेडिकल इथिक्सले पनि नदिने भएका कारण सचेत हुँदाहुँदै स्वास्थ्य क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीहरु संक्रमणको शिकार हुन पुगेका हुन् ।
यद्यपी म एक स्वास्थ्यकर्मीका हैसियतले उच्चआत्मबल, साहस, धैर्यता, आत्मविश्वास, सहानुभूति, सहयोग र सचेतनाका कारण कोभिड १९ विरुद्ध डटेर सामना गर्ने क्षमता र तागत सगरमाथा भन्दा उच्च बनाइ होम आइसोलेसनमा बसिराखेका छु भने कति पय साथीहरु अहिले कोभिड अस्पतालमा हुनुहुन्छ ।
कोभिड १९ संक्रमण पुनः दोस्रो चरणमा फैलनुका कारणहरुका बारेमा अध्यायन र अनुभवका आधारमा संक्रमण कुनै पनि दिन अन्त्य हुन सक्ला जस्तो लाग्दैन, तर यसलार्इ अवश्य कम गर्न भने सकिन्छ । त्यसका लागी हामीले अपनाउनु पर्ने सावधानीहरुलार्इ क्षेत्रगत रुपमा विष्लेशण गर्नुपर्ने देखिन्छ ।
१. अस्पतालः अस्पतालमा आउने हरेक बिरामीहरुलार्इ एक जनामात्र बिरामी कुरुवाको व्यवस्था गर्ने । साहनुभुतिका लागि वा के भएछ भनी हेर्न आउने आफन्तजनबाट नै रोग फैलाउने वा अस्पतालबाट रोग बोकेर घर तथा समुदायमा रोग सर्न सक्ने जोखिम उच्च रहन्छ । त्यसका लागि भिडभाड कम गर्नु पर्ने नै हुन्छ ।
त्यस्तै अति आकस्मिक अवस्था बाहेक बिरामीलाई अस्पताल नल्याउने र सामान्य बिरामी भएको अवस्थामा चिकित्सकको परामर्शमा घरमानै औषधि खुवाउने एवं नियमित स्वास्थ्य अवस्थाको मुल्यांकन गर्ने । अस्पताल आउने प्रत्येक बिरामीले म कोभिड १९ संक्रमणको उच्च जोखिम क्षेत्रमा जाँदै छु भनी सावधान रहने एवं (sms) सेनिटाइजर, मास्क र सामाजिक र भौतिक दुरि कायम राख्नुपर्ने देखिन्छ ।
पहिलो पटक संक्रमण हुँदा स्वास्थ्यकर्मी तोयानाथ छत्कुलीको अनुभव र सुझाव
त्यस्तै स्वास्थ्य संस्थाहरुले हटलाइन सेवा सन्चालन गरि बिरामी देखि चिकित्सक सम्म सोझै सम्पर्कको व्यवस्था मिलाउने ।
२. विद्यालयः विद्यालयमा रहेका पुराना सम्रचना, भौतिक पुर्वाधारको कमिका कारण वा विद्यार्थी संख्या धेरै हुनाका कारण दुरि कायम गर्न नसक्नु, घर परिवारबाट उचित परामर्श नहुनु विद्यालयले पनि संक्रमणका जटिलतालाई आत्मासाथ नगरी केवल पढाईलाई मात्र उच्च महत्व दिदा संक्रमण फैलिन थप मद्दत पुगेको अनुभूति भै राखेको छ ।
यसका अलवा विद्यालय बन्द गरिए पश्चात् पनि अभिभावकले बालबालिकालार्इ घरमै बस्ने वातावरण नबनार्इ खुल्ला रुपमा ठूलो संख्यामा एकै ठाउँमा जम्मा भै खेल्ने, घुम्न हिड्ने अवस्था सृजना हुनु थप चुनौतीपुर्ण अवस्था रहेको छ ।
३. राजनितीक अवस्थाः देशमा वर्तमान सत्ता र शक्ति सघर्षका कारण राजनीतिक नेतृत्व दिशाहिन हुनु, संक्रमण निवारणका लागि राष्ट्रिय एकता कायम हुन नसक्नु, बैठक, भेला, जुलुस तथा आमसभाले संक्रमण फैलाउन मुख्य भुमिका खेलेको देखिन्छ ।
४. यातायातः यातायात संचालक तथा त्यसमा सवार यात्रुहरुलाई सुरक्षा भन्दापनी गन्तव्यमा पुग्नै पर्ने वा जसरी भएपनी यात्रु हाल्नै पर्ने परम्परागत ढाँचामा सुधार नगेर सम्म संक्रमण नियन्त्रण गर्न कठिनाइ देखिन्छ ।
५. होटल व्यवसायः टेवल, खाना, पानी, तौलिया, ओढ्ने, ओच्छयाउने देखि कामदार लगायत गेस्ट सम्मको सरसफाई एवं सेनिटाइजर, मास्क र सामाजिक दुरि कायम गर्न विशेष ध्यान दिनुपर्ने देखिन्छ ।
६. सामाजिक परम्पराः बिबाह, वर्तबन्ध, पुजा, मेला तथा चाडपर्वहरुमा भिडभाड नगर्ने तथा जति सक्दो सुरक्षाका मापदण्ड अपनार्इ कम उपस्थितिमा कार्यक्रम सम्पन्न गर्नु नै सबैका लागि भलो हुने देखिन्छ ।
७. सरकारका तर्फबाटः आवश्यक कर्मचारीको व्यवस्थापन, सामाग्रीहरुको समयमा आपुर्ती, उपचारमा खटिने कर्मचारीको वैकल्पिक व्यवस्था, कर्मचारीहरुको स्वास्थ्य सुरक्षाको प्रत्याभुती, लगायत स्थानीय तहहरुमा आवश्यक जाँच र आइशोलेसनको व्यवस्था मिलाउनु पर्ने देखिन्छ ।
अन्तमाः एकै घरका परिवारले पनि मास्क र दुरि कायम अत्यावश्यक छ । परिवारमा रहँदा सकेसम्मका स्वास्थ्य सुरक्षाका नियम अपनाउनु अब ढिला गर्न हुन्न । वर्तमान संकटपुर्ण अवस्थामा सबैले आ आफ्नो क्षेत्रबाट सावधानी अपनाइै उच्च मनोबलका साथ सामुहिक रुपमा कोभिड १९ संक्रमणलाई परास्त गर्नुपर्छ ।
(लेखक धादिङ अस्पतालका स्वास्थ्यकर्मी हुन् ।)