धादिङको गंगाजमुनाका सबै स्वास्थ्य चौकीमा अक्सिजनको व्यवस्था

Avatar photo
Dhadingpost
बिहिबार, बैशाख २३, २०७८

धादिङ बैशाख २३ । धादिङको गंगाजमुना गाउँपालिकाले पालिका भित्र रहेका सबै स्वास्थ्य चौकीमा कोभिड संक्रमितहरुको उपचारलाई लक्ष्यित गरि अक्सिजनको व्यवस्था गरिएको जनाएको हो ।

बुधबार एक विज्ञप्ती जारी गर्दै गंगाजमुनाले कोरोना भाईरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि सबै स्वास्थ्य चौकीमा व्यवस्था गरिएको र ग्रमिण अस्पतलामा अक्सिजन सहित ५ शैयाको आईशोलेसन बेड व्यवस्था गरिएको जनाएको हो ।

विज्ञप्ती मार्फत गंगाजमुनाले यदि पालिका भित्र कोरोना संक्रमणको लक्षय देखा परे दिपक अधिकारी गाउँपालिका 9851130112, सन्तोष ठाडे ग्रामिण अस्पताल फुलखर्क 9851123573, बाबुराम प्रसाद दाहाल गुम्दी स्वास्थ्य चौकी 9864104108, अरुङ तामाङ री स्वास्थ्य चौकी 9869485813, बासुदेव ढकाल बसेरी स्वास्थ्य चौकी 9845247495, चाँदनी घले बुढाथुम स्वास्थ्य चौकी 9843512744 सम्पर्क गर्न आग्रह गरेको छ ।