धादिङ बैशाख २२ । जिल्ला अस्पताल धादिङबाट प्रवाह हुने सेवा मध्य ओपीडी सेवा अहिले बन्द छ । जिल्ला अस्पतालमा संक्रमित स्वास्थ्यकर्मी कर्मचारीहरुको संख्या ३६ जना पुगेको संक्रमण पछि कोभिड अस्पतालमा रहेका अस्पतालका सूचना अधिकारी विक्रम विकले धादिङपोष्टलाई बताउनु भयो । संक्रमित सबै स्वास्थ्यकर्मी अहिले आईशोलेसनमा छन् ।
मंगलबार मात्रै धादिङमा ११५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो जसमा नीलकण्ठ नगरपालिकामा ८ जना स्वास्थ्यकर्मी सहित ६५ जना, धादिङ अस्पतालमा १३ जना स्वास्थ्यकर्मी सहित ४७ जना, धुनीेबेसी नगरपािलकामा २ जना र बेनघिाट रोराङ गाउँपालिकामा १ जना छन् ।