
काठमाडौं बैशाख १२ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २८ जनाको मृत्यु भएको छ । यस अवधिमा ३१ सय २२ जनामा संक्रमण भेटिएको छ भने यही अवधिमा ४ सय ५० संक्रमणपछि मुक्त भएका छन् ।
हिजो मात्र कोरोनाबाट १४ जनाको मृत्यु भएको थियो । हाल नेपालमा १९ हजार ३ सय ८२ जना आइसोलेसनमा छन् ।
धादिङ जिल्लामा हालसम्म कोरोना संक्रमित हुनेको सङ्ख्या भने १ हजार ५९७ पुगेको छ । संक्रमित मध्ये नौ सय ३४ जनाको धादिङमा स्वाव संकलन गरि परिक्षणको लागि पठाईएको र बाँकी ६ सय ६३ जनाको भने जिल्ला बाहिर गएर स्वाव परिक्षण गराउँदा पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।