
धादिङ बैशाख ११ । शुक्रबार नेत्रावती डवजोङ गाउँपालिकामा ९ बिद्यार्थी सहित १४ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
गाउँपालिकाका स्वास्थ्य संयोजक एवम् सूचना अधिकारी कृष्ण बहादुर पौडेलका अनुसार एउटै विद्यालएका ९ जना विद्यार्थी र शिक्षक, स्वास्थ्यकर्मी, जनप्रतिनिधि र कर्मचारि समेत गरि १४ जनालाई कोरोना सक्रमण भएको हो ।
१६ जनाको स्वाव परीक्षण गरिएकोमा १४ जनामा सङ्क्रमण पुष्टी भएको संयोजक पौडेलले बताउनु भयो ।