
धादिङ बैशाख ३ । धादिङको बेनीघाट रोराङमा चैत्र ३० गते देखि सुरुभएको खेलकुद प्रतियोगिता अन्तरगत मदन भण्डारी फुटबल प्रतियोगिता सकिए सँगै राष्ट्रपति रनिङ शिल्ड र मजदुर सहिद स्मृति खेलकुद प्रतियोगित जारी रहेको छ ।
सम्पन्न मदन भण्डारी फुटबल प्रतियोगिताको उपाधी चन्द्रोदय मावि विशालटारले जितेको छ । राष्ट्रिय मावि खोरभञ्याङ विरुद्ध २ गोल गर्दै चन्द्रोदय मावि विशालटार उपाधि हात पारेको हो । यो सँगै यस प्रतियोगितामा राष्ट्रिय मावि खोरभञ्याङ द्धितिय, यस्तै शंखादेवि माविले बागेश्वरी मावि रिचोकटारको ४ गोलका विरुद्ध ५ गोल गर्दै तृतिय स्थान प्राप्त गर्न सफल भएको थियो ।
यस्तै जारी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पनि बागेश्वरी मावि रिचोकटार अंक स्कोर सबै भन्दा अगाडी छ । बागेश्वरीले अहिले सम्म वागेश्वरी 5 स्वर्ण 2 रजत र 5 कास्य हात पारि सकेको छ । छात्रा भलिबल प्रतियोगिताको फाईनल पनि चन्द्रोदय मावि विशालटारले नै जिति सकेको छ भने अन्य खेलहरुको फाईनल खेलहरु आज हुने आशा चाम्लिङ राईले बताउनु भयो ।
अहिले सम्मको अंक स्कोर
- वागेश्वरी 5 स्वर्ण 2 रजत र 5 कास्य
- चन्द्रोदय विशालटार 3 स्वर्ण 7 silver 3 bronze
- हर्कपुर 3 स्वर्ण र 2 रजत 1 कास्य
- पञ्चकन्या 1 स्वर्ण
- राइजिङ स्टार 1 स्वर्ण
- व्राइट फ्युचर 1 रजत 1 कास्य
- चन्द्रोदय वेनिघाट 1 रजत
- राष्ट्रिय खोरभज्याङ 1 रजत 2 कास्य
- शंखादेवी 1 कास्य
- पिपल भञ्ज्याङ्ग 1 रजत
- मदन भण्डारी फुटबलको उपाधी चन्द्रोदय विशालटारलाई
- बेनीघाट रोराङ गाउँपालिमा विभिन्न खेलकुद प्रतियोगिता सुरु
- बेनीघाट रोराङको राष्ट्रपति रनिङ शिल्ड आज देखि सुरु हुने
- बेनीघाट रोराङले चैत्र ३० गते देखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गर्ने
बैशाख ४ सम्म चल्ने यस प्रतियोगिताको आयोजना बेनीघाट रोराङ गाउँपालिकाको र चन्द्रोदय मावि विशालटारको व्यवस्थापन रहेको छ ।
यस अघि बेनीघाट रोराङले गरेको बृहत खेलकुद प्रतियोगिता यस्तो भएको थियो
