चामभञ्ज्याङमा नि:शुल्क पशुपन्क्षी स्वास्थ्य शिविर सम्पन्न

Avatar photo
Dhadingpost
सोमवार, चैत्र ३०, २०७७

धादिङ चैत्र ३० । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ११ स्थित चामभञ्ज्याङमा १ दिने नि:शुल्क पशुपन्क्षी स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

नीलकण्ठ नगरपालिकाले संचालन गरेको उक्त शिविरमा आज १३१ जना कृषक हरुले सेवा लिएका थिए । साना तथा ठुला पशुहरु करिव २हजार १००, लोकल कुखुरा१ हजार ७०० आन्तरिक तथा बाह्य परिजिवी विरुद्ध औषधि, भिटामिन, लगायत विभिन्न औषधी ११ कुकुरलाई रेविज भ्याक्सिन लगाइएको सुवास खतिवडाले जानकारी दिनु भयो ।