हनुमानडाँडामा नि:शुल्क पशु-पंक्षी स्वास्थ्य शिविर सम्पन्न

Avatar photo
Dhadingpost
आइतवार, चैत्र २९, २०७७

धादिङ चैत्र २९ । धादिङको नीलकण्ठ नगरपालिका वडा नं. १० स्थित हनुमान डाँडा ज्यामरुङमा निशुल्क पशु-पंक्षी स्वास्थ् य शिविर सम्पन्न भएकाे छ । नीलकण्ठ नगरपालिका पशु बिकास शाखाको प्राविधिक सहयाेगमा भएकाे उक्त शिविरमा ११७ जना कृषकले सेवा लिएका थिए । शिविरमा साना तथा ठुला १४ सय ९० पशुहरु, लोकल कुखुरा २ हजार तथा २७ कुकुरलाई एन्टिरेविज भ्याक्सिन,१६ बन्ध्याकरण,२७८ पशुको गोवर परिक्षण संगै आन्तरिक र बाह्य परिजिवी नियन्त्रण को र अन्य रोगहरुको नि-शुल्क औसधि बितरण गरिएको सुवास खतिवडाले धादिङपाेष्टलाई बताउनु भयाे ।