
धादिङ चैत्र १० । धादिङको गंगाजमुना गाउँपालिका स्थित फुलखर्कमा एउटै स्टेजमा भएको दुई कार्यक्रमलाई मंगलबार राप्रपाका वरिष्ठ उपाध्यक्ष एवम् पूर्व गृहमन्त्री बुद्धिमान तामाङले उद्घाटन गर्नु भयो ।
स्टेजमा झुण्ड्याईएको विद्युत चिम बालेर चेतनशिल ग्रामीण बिधुत सहाकरि सस्था लि.को विद्युत र सोही स्टेजमा राप्रपा गंगाजमुना गाउँपालिकाको अधिवेशन उद्घाटन गर्न पूर्व गृहमन्त्री तामाङ फुलखर्क पुग्नु भएको हो ।
कार्यक्रममा विकास र समृद्धिको नारालाई कम्युनिष्टहरुले मागि खाने भाँडो बनाएको आरोप लगाउनु भएका गृहमन्त्री तामाङले जनताका समस्या समाधान गर्ने एजेण्डा राप्रसा सँग मात्रै भएको बताउनु भएको थियो ।
यस्तै कार्यक्रमका विषेश अतिथि पूव पर्यटन मन्त्री एवम् राप्रपाका केन्द्रिय सदस्य परशुराम तामाङले जनताहरु जनताहरुको आधाभुत समस्या नै राप्रपाको नारा हो । आफूहरु सत्तामा भए पनि नभएपनि जनताको समस्याहरुलाई रातदिन नभनि समाधान कसरी गर्न सकिन्छ भनेर लागि रहेको बताउनु भएको थियो ।
गङ्गजमुना गाउँपालिका प्रमुखले लिखित रुपमा पूर्व मन्त्री तामाङलाई विद्युतमा गरेको योगदानलाई स्मरण गर्दै प्रशस पत्रप्रदान गर्नुभएको थियो ।पूर्व मन्त्री पर्शुराम तामाङ १५ वर्ष अगाडी जिल्ला विकास समितिको उपसभापति हुँदा १० लाख रकम बिनियोजन गरि सुक भज्यङ फुलखर्क सडक जोडिएको स्मरण समेत गाउपालिका अध्य बलबहादुर अधिकारीले गर्नुभएको थियो ।
विद्युत प्रशारण लाईन उद्घाटन पछि सुरुभएको राप्रपाको अधिवेशनले अर्जुन सिङखडको अध्यक्षतामा गंगाजमुना गाउँपालिका कमिटि गठन गरेको थियो ।
कार्यक्रम पूर्व फुखर्कबासीले यी दुई पूर्व मन्त्रीलाई बाजागाजा सहित स्वागत गरेका थिए ।