सिद्धलेक महोत्सवको अन्तिम तयारी सकियो

Avatar photo
Dhadingpost
फाल्गुन २६, २०७७

धादिङ फागुन २६ । धादिङको सिद्धलेक गाउँपालिका नलाङ र सलाङको सिमानामा पर्ने आन्तरिक तथा वाह्य पर्यटकहरुका लागि आकर्षित गन्तव्य सिद्धलेकमा भोली (फागुन २७) गते हुने एक दिन प्रथम सिद्धलेक महोत्सवको अन्तिम तयारी सकिएको आयोजकले जनाएको छ ।

हरेक शिवरात्रीको दिन मेला लाग्ने सिद्धलेक मन्दिर परिसरका राष्ट्रिय कलाकारहरुको साथमा प्रथम सिद्धलेक धार्मिक पर्यटन तथा साँस्कृतिक महोत्सवको आयोजना सिद्धलेक ढेवाडाँडाले आयोजना गरेको हो ।

महोत्सव स्थलको लागि स्टेज, सरसफाई, पानी, स्वयम् सेवक, रक्तदान कार्यक्रम तयारी, हेलिकप्टर उडानको तयारी सबै सकिएको आयोजक संस्थाका अमृत गुरुङले धादिङपोष्टलाई बताउनु भयो ।