गजल

Avatar photo
Dhadingpost
फाल्गुन ९, २०७७

लेर जाउ पारी किनार तार्न सक्छौ भने
कि त माया मारी जाउ मार्न सक्छौ भने

दिल भित्र मन्दिरमा सजाएर फेरि
बसाइँ सार यतैतिर सार्न सक्छौ भने

नजरमा नजर त्यो मिलाएर उस्तै
भुलेर यो टारिदेउ टार्न सक्छौ भने

यति मीठो माया दिएँ मैले तिमीलाई
मैदान छोडी हारिजाउ हार्न सक्छौ भने

चाहिदैन जून तारा धन सम्पत्ति त्यो
बारिदेउ मायाले बार बार्न सक्छौ भने

जाली धेरै रहेछन् यो जाली संसारमा
माया जालमा पारिदेउ पार्न सक्छौ भने ।

अविरल आँसु श्रेष्ठ