
धादिङ फागुन २ । धादिङको गंगाजमुना गाउँपालिका स्थित बसेरी, बुढाथुम, फूलखर्क, री मा गरि ११० जना गर्भवती महिलाको भिडियो एक्स-रे गरिएको छ ।
गाउँपालिकाले ३-३ महिनाको अन्तरालमा गर्ने भिडियो एक्स-रे कार्यक्रम अन्तरगत पछिल्लो समय बसेरी स्वास्थ्य चौकी, बुढाथुम स्वास्थ्य चौकी, फूलखर्क ग्रामीण अस्पताल, री स्वास्थ्य चौकी ताजिम्राङ स्वास्थ्य इकाइमा ११० जना गर्भवती महिलाको भिडियो एक्स-रे गरिएको हो ।
आमा र बच्चा स्वास्थ्य अवस्था जानकारीका लागि सहयोग पुर्याउँदै आएको यस अभियानमा सुरु सुरुमा सहभागि हुन गर्भवती महिलाहरु लाज मान्थे तर पछिल्लो समय भिडियो एक्स-रे अभियानमा उल्लेख्य गर्भवती महिलाहरु सहभागी हुने गरेको स्वास्थ्य कर्मी सुनिता अधिकारीले धादिङपोष्टलाई बताउनु भयो ।