दोस्रो प्रथामिकतामा परेकालाई फागुन २ देखि ‘कोभिशिल्ड’ लगाईने

Avatar photo
Dhadingpost
शुक्रबार, माघ ३०, २०७७

काठमाडौं माघ ३० । दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई फागुन २ गतेदेखि कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ लगार्ईने भएको छ ।

फागुन २ देखि ८ गतेसम्म दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई जिल्लाबाटै खोप लगाईने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो ।

जिल्लास्थित सबै सरकारी कार्यालयका कर्मचारी, सार्वजनिक संस्थानका कर्मचारी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी, जिल्लास्थित पत्रकार, स्थानीय तहका जनप्रतिनिधि र कर्मचारी, सीमा सुरक्षा चौकीमा खटिएका सुरक्षाकर्मीलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय दोस्रो प्रथामिकतामा ाखेर खोप लगाउन लागेको हो ।