धादिङमा आज १०० भन्दा बढीले अण्डर–१३ फुटबल खेलाडी छनौटमा भाग दिँदै

Avatar photo
Dhadingpost
शनिबार, माघ २४, २०७७

धादिङ माघ २४ । अखिल नेपाल फुटबल संघले देशभरबाट अण्डर–१३ युवा फुटबल खेलाडीहरु छनौट गर्ने कार्यक्रम अन्तरगत आज धादिङमा हुने छनौट प्रतियोगितामा १०० जना भन्दा बढीले भाग लिने भएका छन् ।

जिल्ला फुटबल संघ धादिङले आयोजना गर्ने जिल्ला छनौट प्रतियोगिता आज गजुरी गाउँपालिका स्थित गलौदी खेल मैदानमा हुन लागेको हो । जन्म दर्ताको आधारमा इच्छुक १३ वर्ष मुनिकाले भाग दिन पाउने यस प्रतियोगितामा १०० भन्दा बढीले भाग लिएको र गलौदीमा हुने प्रतियोगिताबाट खेलाडी छनौट गरिने संघका महासचिव रामहरी अधिकारीले धादिङपोष्टलाई बताउनु भयो ।

धेरै जसो विद्यालयमा परिक्षा संचालन भई रहेकोले केहि असहज भएपनि जिल्ला भरबाट १०० भन्दा बढीबाट छनौट प्रतियोगिताको लागि आवेदन आएको उनीहरु बीच प्रतियोगिता गराई धादिङका फुटबल प्रशिक्षक दिपकरानाले छनौट गर्ने महासचिव थापाले बताउनुभयो ।

आगामी वर्षदेखी क्लबहरुसँग सहकार्य गरेर एकेडेमी सञ्चालनको योजनामा रहेको एन्फाले उक्त एकेडेमीहरु कै लागि यु–१३ खेलाडी छनौट गर्न लागेको हो । यस छनौंट प्रतियोगितामा छानिएका खेलाडीहरु नेपाल आर्मी, शसस्त्र प्रहरी र नेपाल पुलिस लगायत अन्य फुटबल क्लवले संचालन गरेका एकेडेमीमा पर्नेछन । फाइल तस्वीर