धादिङ माघ १४ । धादिङमा मंगलबार साँझ प्रदेश सरकार मार्फत १३ सय ४० डोज कोभिड विरुद्धको भ्याक्सिन आएको थियो ।
अग्रपङतीमा कार्यरत स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थामा कार्यरत अन्य कर्मचारी, शब ब्यबस्थापानमा खटिने सुरक्षाकर्मी, महिला स्वास्थ्य स्वयमसेबिका, एम्बुलेन्सरशव–बाहन चालक, सरसफाई कर्मीहरुलाई लगाउने नीति अनुरुप आज १०० जनालाई खोप लगाईंएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख भुवन पौडेल जानकारी दिनु भयो ।
स्वास्थ्य कार्यालय धादिङका प्रमुख डाक्टर भुवन पौडेल र धादिङ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर त्रिभुवनचन्द्र झाले खोप लगाई सुरुभएको खोप कार्यक्रम पालिका अनुरुप तोकिएको मापदण्ड अनुसार लगाईले बताईएको छ ।